जापानमा ‘नेपाल म्युजिक फेस्ट २०२५’ को भव्य तयारी, टोकियोमा अगस्ट ३ मा कन्सर्ट!
चन्द्र सूर्य इभेन्ट्स इन्टरनेसनलले आयोजना गर्न लागेको ‘नेपाल म्युजिक फेस्ट २०२५’ को जापानमा भव्य तयारी भइरहेको छ। यस फेस्टिभलमा नेपाली संगीतका चर्चित ब्यान्डहरु “SWAR”, “Cobweb” र “The Edge Band” ले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन्। नेपाली संगीतप्रेमीहरुका लागि यो एक अविस्मरणीय सांगीतिक यात्रा हुने अपेक्षा गरिएको छ।
कन्सर्टका मिति र स्थानहरु यस प्रकार छन्:
- टोकियो: अगस्ट ३ (आइतबार), स्थान: बेलसेल ताकादानोबाबा (ベルサール高田馬場), 〒169-0075 東京都新宿区高田馬場1丁目31−18। गेट खुल्ने समय: १६:०० बजे, शो सुरु हुने: १७:०० बजे।
- ओसाका: अगस्ट ८
- फुकुओका: अगस्ट ११
- नागोया: अगस्ट १३
टिकटहरु मेरोटिकट जेपी (meroticket.jp) मा उपलब्ध छन्।
टिकटका प्रकार र मूल्यहरु:
- क्याम्पियन टिकट: १०,००० येन (प्रायोजकहरु RIA Money Transfer, Kyodai Remittance र IME द्वारा प्रदान गरिएको १,००० येन छुट सहित)
- स्ट्यान्डर्ड टिकट: ११,००० येन
- फ्यान पिट टिकट: १५,००० येन (यो टिकट खरिद गर्दा अग्रपंक्तिमा बस्न पाउने सुविधाका साथै एउटा निःशुल्क आधिकारिक टी-सर्ट पनि पाइनेछ)
आयोजकका अनुसार टोकियोका लागि टिकटहरु लगभग बिक्री भइसकेका छन्, त्यसैले इच्छुक दर्शकहरुलाई छिटो टिकट खरिद गर्न अनुरोध गरिएको छ। जापानमा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमीहरुलाई यस ऐतिहासिक सांगीतिक कार्यक्रममा उपस्थित भई मनपर्ने ब्यान्डहरुको प्रत्यक्ष प्रस्तुतिको आनन्द लिन चन्द्र सूर्य इभेन्ट्स इन्टरनेसनलले आग्रह गरेको छ।


