जापानमा लमजुङका चर्चित गायक राजबहादुर गुरुङसहितका विशिष्ट व्यक्तित्वहरुको सम्मान

टोकियो, जापान। लमजुङ समाज जापानले जापानको सांगीतिक भ्रमणमा रहनुभएका लमजुङका चर्चित गायक राजबहादुर गुरुङ, गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को हालै सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित सदस्य शिबहरि पौडेल, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (NCC) जापानको उपाध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी हुनुभएका मुक्तिराम खनाल र एनआरएनए एनसीसी जापानको कान्तो क्षेत्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएका बिकाश पौडेललाई विशेष सम्मान गरेको छ।

२०८२ साउन २९ गते (२०२५ अगस्ट १४) बिहीबार टोकियोको इकेबुकुरोस्थित फुनावारी डाइनिङमा आयोजित एक सम्मान कार्यक्रमका बीच उहाँहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा लमजुङ समाज जापानका अध्यक्ष श्री लिल गुरुङ (नमस्ते) ले विशेष सम्मानपत्र र खादा ओढाएर उहाँहरुलाई सम्मान गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले सबै सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस प्रकारका सम्मानले जापानमा रहेका नेपाली समुदायलाई थप हौसला मिल्ने र आपसी सद्भाव तथा एकतालाई बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरुले लमजुङ समाज जापानप्रति आभार व्यक्त गर्दै यस प्रकारको सम्मानले आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बनाउने बताउनुभयो। उहाँहरुले भविष्यमा पनि समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा लमजुङ समाज जापानका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमका तस्बिरहरू

Date: August 14, 2025

Venue: Funwari Dining Restaurant

City: Tokyo, Japan

Address: 〒171-0014 Tokyo, Toshima City, Ikebukuro, 2 Chome−31−10 エスエート岸野ビル

Contact: Lamjung Samaj Japan

Scroll to Top